आगलागीले जनकपुरको बाँसबारी होटल खरानी

सफल खबर संवाददाता

मंगलबार, ०७ असार २०७९, १२ : ५४
आगलागीले जनकपुरको बाँसबारी होटल खरानी

काठमाडौँ ।जनकपुरधामस्थित एक होटलमा भीषण आगलागी भएको छ।मंगलबार बिहान जनकपुरधाम उपमहानगरपालिका- ४ स्थित भैरवचोकमा रहेको बाँसबारी होटल एण्ड क्याफेमा आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ।

स्थानीय भरत साहले सञ्चालन गरेको सो होटलको भान्साघरबाट लागेको आगो होटलको चारैतिर फैलिएको थियो। आगलागीबाट १५ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।

प्रवक्ता क्षेत्रीका अनुसार आगलागीको कार बारे अनुसन्धान भइरहेको  र नेपाली सेना र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको जानकारी दिए। 

जनकपुरधामको वरिपरि बाँसले निर्मित होटल नै नरहेको अवस्थामा केही नयाँपन दिने उद्देश्यका साथ गत असोज २१ गते घटस्थापनाका दिनदेखि युवा व्यवसायी भरत साहले उक्त होटल सञ्चालनमा ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस