काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीका स्थानीय तहलाई अनुदान दिने भएको छ। आगामी आर्थिक वर्षका लागि अन्तर सरकारी हस्तान्तरणबाट अनुदान दिन लागेको हो। यहाँ १० स्थानीय तहमध्ये सबैभन्दा बढी पुर्चौंडी नगरपालिकाले पुर्चौंडी नगरपालिकाले २ करोड २६ लाख ८८ हजार अनुदान पाउने भएको हो।
यस्तै, मेलौली नगरपालिकाले २ करोड २३ लाख १ हजार, पाटन नगरपालिकाले १ करोड ७६ लाख ७२ हजार र दशरथचन्द नगरपालिकाले १ करोड ५४ लाख १६ हजार अनुदान पाउने भएको छ।यस्तै, पञ्चेश्वर गाउँपालिकाले १ करोड ६९ लाख ७७ हजार, दोगडाकेदार गाउँपालिकाले १ करोड ४६ लाख ९२ हजार, सुर्नया गाउँपालिकाले १ करोड २४ लाख ७९ हजार, सिगास गाउँपालिकाले १ करोड १२ लाख १४ हजार र डिलाशैनी गाउँपालिकाले ९७ लाख १७ हजार अनुदान पाउने भएको छ।
यसअघि संघीय सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत पाटन नगरपालिकाका लागि ४९ करोड ३६ लाख बजेट विनियोजन भएको थियो।-यस्तै, दशरथचन्द नगरपालिकाका लागि ४७ करोड २९ लाख, पुर्चौंडी नगरपालिकाका लागि ४८ करोड ४९ लाख र मेलौली नगरपालिकाका लागि ३८ करोड १५ लाख बजेट विनियोजन भएको छ।
यस्तै, गाउँपालिकामा सबैभन्दा बढी दोगडाकेदार गाउँपालिकाका लागि ३८ करोड ९० लाख बजेट विनियोजन भएको छ।
यस्तै, डिलाशैनी गाउँपालिकाका लागि ३६ करोड ४४ लाख, पञ्चेश्वर गाउँपालिकाका लागि ३० करोड ८४ लाख, सिगास गाउँपालिकाका लागि ३२ करोड ३७ लाख, सुर्नया गाउँपालिकाका लागि ३२ करोड ४० लाख र शिवनाथ गाउँपालिकाका लागि २५ करोड ९९ लाख विनियोजन भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असार २०७९, १२ : ०९
लेखकबाट थप