रिलायन्स लाइफले ९८ प्रतिशत दाबी भुक्तानी गरेको छः अध्यक्ष केडिया

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १५ : २०
रिलायन्स लाइफले ९८ प्रतिशत दाबी भुक्तानी गरेको छः अध्यक्ष केडिया

काठमाडौं । रिलयान्स लाइफ इन्स्योरेन्सका अध्यक्ष ताराचन्द केडियाले बीमा गरेर पैसा नपाएको गुनासो बारे बोर्डले सुनुवाई गर्नुपर्ने बताए । रिलायन्स लाइफ इन्स्योरेन्सले सोमबार नयाँ प्रोडक्ट सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बीमा कम्पनीले दाबी भुक्तानी नगरेको गुनासो आउने गरेकाले त्यसको सुनुवाई बोर्डले गर्नुपर्ने बताएका हुन् ।

बीमा कम्पनीहरु दाबी भुक्तानीमा ढिलाई गर्ने भएकाले सो कुरामा गम्भिर भएर लाग्नुपर्ने उनको धारणा थियो । रिलायन्स लाइफले ९८ प्रतिशत दाबी भुक्तानी गर्ने गरेको अध्यक्ष केडियाले बताए । बाँकी २ प्रतिशत दाबी भुक्तानी भने विभिनन कारणले नभएको उनले बताए । उनले भने, ‘रिलायन्स लाइफले ९८ प्रतिशत दाबी भुक्तानी गरेको छ । बाँकी २ प्रतिशत कागजातहरु नपुगेकाले दाबी भुक्तानी नभएको हो । ’पछिल्लो समय बीमा दायरा फराकिलो हुँदै गएको उनले बताए । ‘बीमाको दायरा ३७ प्रतिशत पुगेको छ ।’ उनले भने, ‘यसलाई बढाएर ६० प्रतिशत पुर्याउनुपर्छ ।’

यता कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राकेश पोखरेलले बीमा कम्पनीको सबैभन्दा सुन्दर पक्ष क्लेम भएको बताए । बीमा कम्पनीको विश्वास बढाउने भएकाले इन्स्योरेन्स भनेको क्लेम भएको उनले बथाए । बीमा कम्पनीको ब्यूटी भनेको क्लेम (दाबी भुक्तानी) भएकाले रिलायन्सले पनि सोही कुरालाई फ्लो गर्ने सीईओ पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस