काठमाडौं । सिन्धुली, लमजुङ र तनहुँको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ अक्करे भिरस्थित सडकमा शनिबार राति पहिरो जाँदा सडक अवरोध भएको छ ।
सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट हैवारबेशीबाट खटिएको प्रहरी टोलीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ । लमजुङको बेशिसहर नगरपालिका–१ उदिपुरस्थित सडकमा आइतबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ ।
अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । तनहुँको भानु नगरपालिका–८ बलिफाँटस्थित सडक वर्षाको कारण आइतबार बिहान भासिँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा