काठमाडौं । अघिल्लो शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९७ हजार ५०० रुपैयाँमा झरेको हो ।
अघिल्लो शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्यमा पनि आज तोलामा ३०० रुपैयाँले नै घट्दै ९७ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २६५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा २८ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
साढे १४ हजारले बढ्यो आज सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?