काठमाडौं । रुकुमपश्चिम आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्का छन् ।
जिपमा चालक र सहचालक मात्र रहेको जनाइएको छ । प्रहरीका अनुसार जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजधानीमा स्कुटर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
म्याग्दीमा जिप दुर्घटना, १ महिलाको मृत्यु, ३ जना घाइते
सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते
हेटौँडातर्फ जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
सर्लाहीको बाँके जंगलमा बस दुर्घटना, १९ जना घाइते