चितवन। नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा पहिरो खस्दा तीन जना घाइते भएका छन् ।
शनिबार बेलुकी ५:४० मा पहिरो पन्छाएर बाटो सुलाइएकोमा पुनस् पहिरो खसेर तीन मोटरसाइकलमा क्षति पुग्नुका साथै तीन जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
नारायणगढ मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा बिहान साढे ११ बजे खसेको पहिरो बेलुकी ५:४० बजे पन्छाएर बाटो खुलाइएको थियो । पहिरो खसेसँगै पुनस् सडक अवरुद्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असार २०७९, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध