काठमाडौं । धादिङमा घाटबाट घर फर्किंदै गरेका मलामी सवार गाडी दुर्घटना हुँदा २६ जना घाइते भएको छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ।
सदरमुकाम धादिङबेसीबाट मलामी लिएर धादिङकै मैदी जाँदै गरेको बा ४ ख १२२९ नम्बरको स्वराज गाडी गएराति सडकमा पल्टिएर दुर्घटना भएको हो। राति ११ बजे धादिङको नीलकण्ठ नगरपालिका ८ मैदी भज्याङमा सडकमै गाडी पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका ५ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारको लागि राति नै ट्रमा सेन्टर, काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए।
बाँकी घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ। केही घाइते उपचार पछि ठिक भएर घर फर्किएका छन्। दुर्घटनापछि चालकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असार २०७९, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा गाडी दुर्घटना, ४ जना घाइते
चितवनमा दुर्घटना बढ्दाे : गत साउनदेखि कात्तिकसम्म २९ जनाको मृत्यु
विभिन्न स्थानमा भएको दुर्घटनामा परि ३ जनाको मृत्यु
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते