काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामा–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो ।
पहिरो हटाएर बिहान २ः३० बजेदेखि यातायात दुईतर्फी रुपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । सङ्घीय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असार २०७९, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा