नेपाली नर्स बेलायत पठाउन श्रम सम्झौताका लागि मन्त्रिपरिषद्बाट स्वीकृत

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, १२ : १५
नेपाली नर्स बेलायत पठाउन श्रम सम्झौताका लागि मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं । नेपाली नर्सलाई बेलायत पठाउनका लागि श्रम सम्झौता गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको हो । 

बेलायत सरकारले माग गरेअनुसार १० हजार नर्सिङ जनशक्ति पठाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रक्रिया अघि बढाइरहेको छ । पहिलो चरणमा पाइलट बेसमा डेढ सय नर्स पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ  । 

प्रतिक्रिया दिनुहोस