कैलालीमा माेटरसाइकल दुर्घटनामा परी एककाे मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, १० : ५६
कैलालीमा माेटरसाइकल दुर्घटनामा परी एककाे मृत्यु

काठमाडौँ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति गोदावरी नगरपालिका-६ लालपुरमा सु प प्र ०१०१० प ९६०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार रावलको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको हो।मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस