साधारण सभामा भिआईपी शेयर होल्डर कुटिए

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, १० : ४१
साधारण सभामा भिआईपी शेयर होल्डर कुटिए

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका भीआईपी शेयर होल्डरले शेयर होल्डरलाई नै कुटेका छन् । बिहीबार भएको विशेष साधारण सभामा सामान्य कुरामा आफूलाई कुटेको शत्रुघन श्रेष्ठले जानकारी दिए । 

एभरेष्ट इन्स्योरेन्सका सर्वसाधारण शेयर होल्डर शिव प्रसाद पौडेल र डमरु वल्लव घिमिरेले शेयर होल्डर शत्रुघन श्रेष्ठलाई कुटेका हुन् । इन्स्योरेन्स कम्पनीको बिहीबार अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा विशेष साधारण सभा सम्पन्न भएको हो । सोही साधारण सभामा आफूलाई कुटेको पीडित शत्रुघन श्रेष्ठले जानकारी दिए । 

सामान्य कुरामा बोलिचाली हुँदा विना कारण कुटेको उनले बताए । उनले आफूलाई कुटेको भन्दै प्रहरी वृत्त मालिगाउँमा उजुरी समेत दिएका छन् । प्रहरीले भने सुरक्षाको व्यवस्था मिलाउने आश्वासन दिएको छ । शेयर होल्डर श्रेष्ठ कुमारी पार्टी बस्छन् । 

उनले आफूसँग भएको २५ हजार रकम समेत लुटेर भागेको र मोबाइलमा समेत क्षति पुगेको बताए । सामान्य अवस्थामा रहेका भिडियो एक्सरे गरेर मात्रै कति चोटपटक लागेको छ भनेर थाहा पाइने बताए । 

प्रतिक्रिया दिनुहोस