आजदेखि शुक्रवार पनि शेयर कारोबार

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, १० : ३४
आजदेखि शुक्रवार पनि शेयर कारोबार

काठमाडौँ । आजदेखि शुक्रवार पनि सेयर कारोवार हुने भएको छ ।

सरकारले आइतवारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रवार पनि सेयर कारोवार सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आजदेखि पहिलो पटक शुक्रवार पनि सेयर कारोवार हुने भएको हो । शुक्रवार भने बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टा मात्रै कारोवार हुने नेप्सेले जानकारी गराएको छ ।

आइतवारदेखि बिहीवारसम्म दिनको ४ घण्टा अर्थात बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोवार हुनेछ । यसअघि शनिवार र आइतवार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेप्सेले शुक्रवार सेयर कारोवार खुला गरेर आइतवार बन्द गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस