नबिल र नेपाल-बंगलादेश बैंकबीचको मर्जरले अर्को सातासम्म स्वीकृति पाउने

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, १० : २८
नबिल र नेपाल-बंगलादेश बैंकबीचको मर्जरले अर्को सातासम्म स्वीकृति पाउने

 

काठमाडौँ । नबिल बैंक र नेपाल-बंगलादेश (एनबी) बैंकबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले सम्भवतः अर्को सातासम्म स्वीकृति दिने तयारी गरेको छ।राष्ट्र बैंकका प्रवक्ता डा।गुणाकर भट्टका अनुसार दुई बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिनका लागि सो सम्बन्धी प्रस्ताव सञ्चालक समितिमा लगिने जानकारी दिए।

केन्द्रीय बैंकस्थित एक उच्च स्रोतका अनुसार नबिलले नेपाल बंगलादेश बैंकलाई गाभ्ने विषयको फाइल अगाडि बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस