कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, ०७ : २५
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । शुक्रबार प्रदेश १ र मधेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसउम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार शुक्रबार बिहानैदेखि प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव छ ।  

अन्य प्रदेशका भूभागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

महाशाखाले आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका पनि थोरै स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

राति प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस