काठमाडौं महानगरमा हाजिर नगर्ने कर्मचारीले तलब नपाउने

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १७ : ३७
काठमाडौं महानगरमा हाजिर नगर्ने कर्मचारीले तलब नपाउने

काठमाडौं । काठमाडौं महानगरपालिकामा हाजिर नगर्ने कर्मचारीको तलब कटौती गरिने भएको छ । कार्यालय समयमै उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती हुने भएको हो ।महानगरले आज एक सूचना जारी गर्दै यस्तो बताएको हो । महानगरको हाजिर हेर्न वेबसाइटमा कतिपय कर्मचारीको हाजिर नगरिएको पाइएको महानगरको सूचनामा बताइएको छ ।

विभाग वडामा कार्यरत कर्मचारीहरूको विवरण प्रशासन विभागको जिमेलमा पठाउन निर्देशन दिँदै अन्यथा असार महिनाको तलब नबन्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस