बेलायतसँग श्रम सम्झौता गर्ने सरकारको निर्णय

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १७ : ०८
बेलायतसँग श्रम सम्झौता गर्ने सरकारको निर्णय

काठमाडाैँ।सरकारले बेलायतसँगको श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो कुरा जानकारी दिएका हुन्।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले  मन्त्रिपरिषद्मा  बेलायतसँग श्रम सम्झौता  गर्ने प्रताव पेस गरेका थिए।  सो प्रतापलाई मन्त्रिपरिषद्ले  निर्णय गरेको हो।  

गत शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरी श्रम समझदारीको तयारीबारे छलफल  भएको थियो।सरकारले पहिलो चरणमा २ हजार नर्सलाई बेलायत पठाउने तयारी गरेको छ। श्रम मन्त्री श्रेष्ठले त्यस्तैगरी १० हजार नर्स पठाउने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस