कालीकोटमा बाढीले बगाउँदा मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १६ : ३९
कालीकोटमा बाढीले बगाउँदा मृत्यु

कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। खाँडाचक्र नगरपालिका–२ सुनार खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र–२ का ४४ वर्षका खड्के विकको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेल जानकारी दिए। 

विकलाई खोला तर्ने क्रममा बुधबार अपराह्न बाढीले बगाएको हो। साथमै गएकी मृतक विककी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ। विक दम्पतीलाई मान्म बजारबाट घर जाँदै गरेका बेला खोलामा बाढी आएर बगाएको हो। 

प्रतिक्रिया दिनुहोस