प्रिमियर इन्स्योरेन्सले ७ दिने अभिकर्ता आधारभूत तालिम संचालन गर्ने

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १४ : ५६
प्रिमियर इन्स्योरेन्सले ७ दिने अभिकर्ता आधारभूत तालिम संचालन गर्ने

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिन दिने भएको छ । इन्स्योरेन्सले असार ५ गतेदेखि असार ११ गतेसम्म उक्त तालिम संचालन गर्ने भएको हो ।

कम्पनीको बीमा अभिकर्ता भइ कार्य गर्न इच्छुक ब्यक्ति तथा संस्थाहरुको लागि इन्स्योरेन्सले अनलाइन माध्यमबाट निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम निशूल्क संचालन गर्ने भएको हो । तालिमा बिहिन ९.४५ देखि ११.४५ बजेसम्म संचालन गर्ने छ ।

तालिममा सहभागि हुन चाहने एसएलसि उत्तिर्ण गरेको १८ वर्ष पुरा भएका नेपाली नागरिकले शैक्षिक प्रमाणपत्रहरुबो प्रमाणित प्रतिलिपि (नोटरी), स्थायी लेखा नम्बर र पासपोर्टको साइजको ४ प्रति फोटो संकलन गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस