एक दिवसीय सिरिजमा श्रीलंका पहिलो जितको खोजीमा

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १४ : ४६
एक दिवसीय सिरिजमा श्रीलंका पहिलो जितको खोजीमा

काठमाडाैँ। श्रीलंका र अष्ट्रेलियाबीचको दोस्रो एकदिवसीय खेल आज हुँदैछ । श्रीलंकाको पल्केले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज हुने खेलमा श्रीलंका र अष्ट्रेलिया नेपाली समय अनुसार दिउँसो पौने ३ बजे आमने सामने हुनेछन् । अष्ट्रेलिया सिरिजमा लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । श्रीलंका भने सिरिजको पहिलो जित आफ्नो पक्षमा पार्न मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

पहिलो एकदिवसीय खेलमा भने अष्ट्रेलियाले घरेलु टोलीलाई २ विकेटले पराजित गरेको थियो । यसअघि भएको टेस्ट सिरिज भने अष्ट्रेलियाले २–१ ले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस