काठमाडाैँ। बैतडीको सिगासस्थित सेती नदीमा साघुँबाट खसेर एक किशोरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका ६ गिरीचौकीकी ढुल्लु अधिकारी रहेकी छन्। डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ६ बाट बैतडीको सिगास ६ मोरिबगर आउँदै गरेकी अधिकारी नदीमा खसेकी हुन्।नदीमा वेपत्ता किशोरीको शव स्थानियवासीले निकालेका थिए। एक साता अगाडि एकजना पुरुष सोही ठाउँबाट खसेका थिए। उनी नदीमा खसेको केही समयपछि स्थानीयले उद्धार गरेका थिए।
बिहीबार बिहान साढे १० बजे खसेकी किशोरीको जिवितै उद्धार हुन नसकेको स्थानीय शिक्षक पदम साउदले बताए।गत असोजमा आएको बाढीले सेती नदीको पुल भत्काएपछि साघुँबाट तर्ने गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, १३ : ५२
लेखकबाट थप