काठमाडाैँ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले कमलादी, काठमाडाैँस्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ।
काठमाडौँ महानगर कार्यपालिकाको जेठ १६ को निर्णयअनुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउनका लागि होटल तथा अन्य संस्थाहरूलाई कार्यालयमा भएको शौचालयलाई सार्वजनिक बनाउन आह्वान गरेको थियो।
सोही निर्णयबमोजिम सिटी एक्सप्रेस मनी ट्रान्सफरले ऐक्यवद्धता जनाउँदै आफ्नो प्रमुख कार्यालयको भुइँतल्लामा अवस्थित शौचालयलाई निःशुल्क रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिइने भएको हाे।
काठमाडाैँ महानगर प्रहरी बलका प्रमुख धनपति सापकोटाले सिटी एक्सप्रेस मनी ट्रान्सफरका चिफ बिजनेस अफिसर श्याम लामिछानेलाई संकेत बोर्ड हस्तान्तरण गरेका थिए।सिटी एक्सप्रेसले विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, १२ : ५७
लेखकबाट थप