काठमाडौैं । लागुऔषध सेतो हेरोइनसहित सात जना विदेशीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोले दुबई हुँदै नेपाल आएका सात जना दक्षिण अफ्रिकी महिलालाई पक्राउ गरेको हो । उनीहरु पाँच वटा समूहमा आएका थिए । एउटै गिरोहले उनीहरुलाई नेपाल पठाएको आशंका गरिएको छ ।
ब्यूरोले बिहीबार पत्रकार सम्मलेन गरी यो ठूलो सफलताको सार्वजनिक गर्दैछ । अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिट बनाएर हेरोइन तस्करी गरेको हो । सो गिरोहबाट ५१ किलो सेतो हेरोइन बरामद भएको प्रहरी स्रोत बताउँछ । एक केजी हेरोइनको मूल्य दुई करोड पर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, १२ : ३९
लेखकबाट थप