चितवन । निउरो टिप्न जंगलमा गएकी एक महिलालाई चितवनको मेघौलीमा बाघले वेपत्ता बनाएको छ । भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने २३ बर्षकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बस्नेतसहित १० जना महिला निउरो टिप्न गएका थिए । बाघले बेपत्ता बनाएकी बस्नेत पूर्वम्यादी प्रहरी हुन् ।
इलाका प्रहरी कार्यालय दिब्यनगर, इलाका प्रहरी कार्यालय फूलवारीबाट प्रहरी तथा खड्क दल गणबाट सेनाको टोली बस्नेतको खोजीका लागि गएको छ । जंगलभित्र थप खोजीका लागि हात्ती मगाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
बाघको आक्रमणबाट वृद्धको मृत्यु
गत वर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
४ जनाको ज्यान लिने बाघ ‘डार्ट’ हानेर नियन्त्रण
बाघको आक्रमणबाट एक जनाको मृत्यु