चितवन । निउरो टिप्न जंगलमा गएकी एक महिलालाई चितवनको मेघौलीमा बाघले वेपत्ता बनाएको छ । भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने २३ बर्षकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बस्नेतसहित १० जना महिला निउरो टिप्न गएका थिए । बाघले बेपत्ता बनाएकी बस्नेत पूर्वम्यादी प्रहरी हुन् ।
इलाका प्रहरी कार्यालय दिब्यनगर, इलाका प्रहरी कार्यालय फूलवारीबाट प्रहरी तथा खड्क दल गणबाट सेनाको टोली बस्नेतको खोजीका लागि गएको छ । जंगलभित्र थप खोजीका लागि हात्ती मगाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ जनाको ज्यान लिने बाघ ‘डार्ट’ हानेर नियन्त्रण
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव
आज विश्व बाघ दिवस, सबैभन्दा बढी बाघ भारतमा
बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा
बाख्रा चराउन गएका गोठालाको बाघको आक्रमणबाट मृत्यु