काठमाडाैँ। मगर समुदायको भूमे (भूम्या) पर्व जारी छ।यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठको अन्तिम दिनदेखि असार ५ गतेसम्म मनाउँछन्।हरेक वर्षको जेठ महिनाको अन्तिम दिन लेकबाट फूल टिपी ल्याएपछि भूमे अर्थात् भूम्या पर्व शुरु हुन्छ।
हरेक दिन बाजागाजासहित नाच नाच्छन्। मंगलबार बलि दिएर भूम्या पर्व समापन गरिन्छ।रोगब्याधि नलागोस्, प्राकृतिक प्रकोप नआओस्, अन्नबाली राम्रो होस् भनी भूमिको पूजा गरी यो पर्व मनाइन्छ।
रोल्पा, रुकुम, प्युठान, सल्यान, दाङ र धौलागिरी अञ्चलको बाग्लुङ, म्याग्दी जिल्लाका मगर समुदायले भूमे पर्व विशेष महत्त्वका साथ मनाउँछन्।पछिल्लो समय बसाइसराइको क्रम बढेपछि दाङ, काठमाडौं लगायतमा पनि यो पर्व मनाउने गरिएको छ। भूमि देवतालाई बलि चढाएपछि अनिष्ट नहुने र बालीनाली सप्रिने विश्वास छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, ११ : ०९
लेखकबाट थप