काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले आगामी आर्थिक बर्ष २०७९–८० को बजेटलाई स्वागत गरेको छ । नेपाल सिमेन्टमा आत्मनिर्भर भएपनि बजेटमा सिमेन्ट उद्योगका लागि विभिन्न छुट र निर्यातमा अनुदानको व्यवस्था गरेसँगै बजेटको सिमेन्ट उत्पादक संघ स्वागत गरेको हो ।
स्वदेशमा स्थापित सिमेन्ट–क्लिङ्कर उत्पादन गर्ने उद्योगहरु संरक्षण तथा सम्वर्द्धन गर्न र देशको व्यापार घाटा कम गर्न निकाशीमा नगद प्रोत्साहन र उद्योगहरुले उपभोग गर्ने विद्युत महशुलमा छुट दिईएको व्यवस्थाको स्वागत गरेको संघले जनाएको छ ।बजेटमा निर्यातलाई प्राथमिकतामा राखी निर्यातका उच्च संभावना भएका वस्तुहरुमा सिमेन्ट र क्लिङ्करलाई समावेश गरी यसको निर्यातमा ८ प्रतिशत नगद प्रोत्साहन दिने व्यवस्था स्वदेशी उत्पादनमुलक उद्योगहरुको हितमा रहेको समेत संघले बताएको छ ।
उक्त व्यवस्थाले प्रचुर मात्रामा रहेको कच्चा पदार्थ चुनढुङ्गाको उपयोगमा वृद्धि भएर उद्योगहरु पुर्ण क्षमतामा संचालन भएमा १५० अर्ब रुपैयाँ बढी निर्यात गर्ने सम्भावना रहेको छ । जसले व्यापार घाटा कम गर्न र विदेशी मुद्रा सञ्चिती गर्नमा सहयोग पुग्ने संघले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
साथै संघले बजेटले वार्षिक १० करोड रुपैयाँभन्दा बढि रकमको विद्युत खपत गर्ने उद्योगहरुलाई विद्युत महशुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्थाको समेत स्वागत गरेको छ । बजेटलाई कार्यान्वयमा ल्याउनुपर्ने संघले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, ११ : ०४
लेखकबाट थप