समयमै काम नगर्ने २१ ठेकेदार कम्पनी कालोसूचीमा

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १० : १९
समयमै काम नगर्ने २१ ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडाैँ। सरकारले विभिन्न २१ आपूर्तिकर्ता तथा निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ ।सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम नगर्ने २१ आपूर्तिकर्ता तथा निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको हो । 

असार १ गतेको निर्णयअनुसार ती कम्पनी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएकाले कालोसूची अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नसक्ने समेत कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस