तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका–४, पावर हाउसस्थित रुवाखोलाको पुलबाट बिहीबार बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग१क ४४६९ नम्बरको ट्रिपर बिहान साढे ४ बजे अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको हो ।
दुर्घटनामा मिनी ट्रिपरका चालक तनहुँकै म्याग्दे गाउँपालिका–६ मनपाङका ४७ वर्षीय राम बहादुर दमाईको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको भरतपुरस्थित मेडिकल कलेज भरतपुरमा बिहान सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु