ओमानविरुद्ध नेपालले फिल्डिङ गर्ने

सफल खबर संवाददाता

मंगलबार, ३१ जेठ २०७९, २१ : ४५
ओमानविरुद्ध नेपालले फिल्डिङ गर्ने

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले पहिला ओमानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङको निम्तो पाएको हो । 

ओमानविरुद्ध मैदान उत्रिँदा नेपाली टिम पहिलो खेलमा बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ । आजको खेलसँगै ओमान विश्वकप क्रिकेट लिग २ मा सबै खेल खेल्ने पहिलो टिम बनेकाे छ । नेपालले भने हालसम्म १४ खेल खेलेको छ । नेपालले हालसम्म ओमानसँग पाँच खेल खेलेको छ । जसमध्ये ओमानले चार खेल जित्दा एक खेलको नतिजामात्र नेपालको पक्षमा छ ।

यसअघि त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भने नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको थियो ।

नेपालको प्लेइङ -११
कुशल भुर्तेल, आशिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आदिल अन्सारी,  सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र सागर ढकाल ।

 

प्रतिक्रिया दिनुहोस