भैरहवामा होटल बाहिर युवा मृत फेला

सफल खबर संवाददाता

शनिबार, २८ जेठ २०७९, ०९ : ४१
भैरहवामा होटल बाहिर युवा मृत फेला

भैरहवा । होटल सि प्रिन्स बाहिर एक युवा मृत अवस्थामा फेला परेका छन । सिद्धार्थनगर ३ स्थित उक्त होटलबाहिर भुइँमा खसेको अवस्थामा ती युवा मृत भेटिएका हुन् । भैरहवा बसपार्कनजिकै रहेको होटलमा शुक्रबार राति ७ जनाको समुहमा युवाहरु बसेका थिए । समूहमा बसेका युवामध्ये एकजनाको मृत्यु भएको हो ।  

मृतक २४ वर्षीय अमित यादव रुपन्देही कोटहीमाई ५ का वासिन्दा रहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ । होटल सञ्चालकका अनुसार माथिल्लो तल्लाबाट चोरी गरि भाग्ने क्रममा लडेर मृत्यु भएको हुन सक्छ ।

सँगै बसेका अन्य साथीमध्ये ४ जना प्रहरी नियन्त्रणमा छन । २ जना राती नै भागेका हुन । चोरी गरेर भाग्ने क्रममा होटलबाट खसेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चोरी गरेर भाग्ने अवस्थामा माथिल्लो तलाबाट भुईमा खसेको देखिएको छ ।  घटनाबारे अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस