आँबुखैरेनीमा सडक भाँसिदा यातायात अवरुद्ध

सफल खबर संवाददाता

शुक्रबार, २७ जेठ २०७९, ०७ : ४१
आँबुखैरेनीमा सडक भाँसिदा यातायात अवरुद्ध

सांकेतिक तस्वीर

तनहु ।  तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए । करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस