आयल निगमले फेरि बढायो पेट्रोलको मूल्य, पेट्रोलमा ८ र डिजेलमा १२ रुपैयाँ वृद्धि

सफल खबर संवाददाता

विहीबार, २६ जेठ २०७९, २१ : ४६
आयल निगमले फेरि बढायो पेट्रोलको मूल्य, पेट्रोलमा ८ र डिजेलमा १२ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलको मूल्य बढाएको छ। निगमले प्रतिलिटर रु ८ ले मूल्यवृद्धि गरेको हो। निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले आजै मध्यरातदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मूल्यवृद्धिसँगै पेट्रोलको भाउ १७८ प्रतिलिटर पुगेको छ । 

यसअघि निगमले १० रुपैयाँ मूल्य घटाएको भएपनि फेरि अन्तरराष्ट्रिय बजारमा मूल्य बढेको कारण देखाउँदै मूल्य बढाएको हो। सनगमले डिजेल र मट्टीतेलको भाउ पनि प्रतिलिटर १२ रुपैयाँ बढेको छ।  यससँगै डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६५ रुपैयाँ प्रतिलिटर पुगेको छ।

प्रतिक्रिया दिनुहोस