प्रेस सेन्टर नवलपरासीका अध्यक्ष राजु पोखरेलको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २४ जेठ २०७९, १९ : ५९
प्रेस सेन्टर नवलपरासीका अध्यक्ष राजु पोखरेलको मृत्यु

काठमाडौं । प्रेस सेन्टर नेपाल नवलपरासी (पश्चिम) का  अध्यक्ष राजु पोखरेलको मृत्यु भएको छ । मंगलबार दिउँसो रुखबाट खसेर ३४ वर्षीय अध्यक्ष पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

पोखरेल कार्य क्षेत्र नवलपरासीबाट ५ दिन अघि  धुर्कोट गाउँपालिका ४ जैसीथोक रौताडीस्ति घर आएका थिए । घर नजिकै रुखबाट लडेर गम्भीर घाइते भएका पोखरेलको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ  । दौतरी  एफएमका स्टेशन म्यानेजर समेत रहेका पोखरेल क्रियाशिल पत्रकारका रुपमा परिचित छन् ।  

प्रतिक्रिया दिनुहोस