फर्पिङको जंगलमा एक जोडी मृत फेला

सफल खबर संवाददाता

सोमबार, २३ जेठ २०७९, १३ : ५२
फर्पिङको जंगलमा एक जोडी मृत फेला

काठमाडौं । काठमाडौंको फर्पिङस्थित जंगलमा एक जोडी मृत फेला परेका छन् । सोमबार बिहान फर्पिङको जंगलमा एक जोडी मृत फेला परेका हुन् । मृत फेला परेका युवक र युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत बरामद गरेको छ ।  उनीहरुको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

‘काठमाडौंको फर्पिङ जंगलमा युवक र युवती मृत फेला परेका छन्, मृतकको शव नजिकबाट विषादीको बट्टा समेत बरामद भएको छ’ काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरोका एसएसपी वसन्त कुँवरले भने, घटनाबारे थप अनुसन्धान हुँदैछ ।’
 

प्रतिक्रिया दिनुहोस