काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक पदमा रहेका व्यक्तिले यौन हिंसा गरेमा उसलाई थप दुई वर्ष कैद सजाय हुनेगरी कानुन बनाउनुपर्ने सुझाव दिएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा सहभागी हुँदै उनले यौन हिंसाको घटनामा सार्वजनिक पद धारण गरेका व्यक्ति दोषी पाइपामा उसलाई थप दुई वर्ष कैद सजाय हुने व्यवस्था गर्नुपर्ने बताए ।
पीडितलाई पीडितले धम्काउने, प्रलोभनमा पार्ने कार्यमा सार्वजनिक पद धारण गरेका व्यक्ति संलग्न भएमा उसलाई दुई वर्ष कैद सजाय हुने व्यवस्था गर्नुपर्ने थापाको सुझाव छ । उक्त विधेयकमा ६ महिना बढी कैद भनिएको भन्दै उनले यसलाई कम्तिमा पनि दुई वर्ष बनाउनुपर्ने बताए ।
उक्त छलफलमा सहभागी सांसदहरुले हद म्याद राख्नुपर्ने र हदम्यादको समय भने बढाइनुपर्ने बताएका छन् । हदम्याद नराख्दा निर्दाेष व्यक्ति फसाउने षड्यन्त्रमा पनि हुन सक्ने भन्दै उनीहरूले हद म्यादसहित यौन हिंसाका विषयमा कडा कानुन बनाउनुपर्ने सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ जेठ २०७९, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा