काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर सोमबार ९८ हजार १ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आइतबार तोलामा एक हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा १५ रुपैयाँले बढेर एक हजार २९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ जेठ २०७९, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढयो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आज सुनचाँदीको भाउ...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो