चितवन । ग्लोबल आईएमई बैंक लिमिटेडले रु ३० करोड लागतमा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको आज बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शिलान्यास गरे।
बैंक भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ । चितवनलाई देशकै आर्थिक केन्द्र बनाउने उद्देश्यले भरतपुरमा बैंकको आफ्नै भवन निर्माण सुरु गरिएको ढकालले बर्ताए । देशकै केन्द्रभागमा रहेको चितवनमा आर्थिक क्रियाकलाप वृद्धि हुँदै गएको सन्दर्भमा यस क्षेत्रको विकासका लागि आफूले सक्दो काम गर्ने ढकालको भनाइ छ ।
तीन कठ्ठा १० धुर क्षेत्रफलमा बन्ने भवन ३० हजार ६०० वर्गफुटमा फैलिने छ । दुई तला अण्डरग्राउण्ड र पाँच तला माथि रहनेगरी भवनको संरचना निर्माण हुने छ भने भवनको अण्डरग्राउण्डमा पार्किङ हुनेछ ।भवन शिलान्यास अघि बैंकले आफ्नो सयौँ कर्मचारीको सहभागितामा ‘वाकाथन’को आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २१ जेठ २०७९, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आईएमई बैंकमा स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटको १० मिलियन डलर लगानी
ग्लोबल आईएमईसहित ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित
ग्लोबल आईएमई बैंकका १११ शाखाद्वारा एकैसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
रौतहटमा बैंक लुटपाट, कर्मचारीमाथि गोली प्रहार
ग्लोबल आईएमई बैंकले लियो आईएफसीबाट साढे ७ अर्ब ऋण
ग्लोबल आईएमई बैंकद्वारा इलाममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन