रवीन्द्र मिश्रले भने–म खुइलिएँ, तपाईंहरुको राजनीतिक अभिष्ट पुरा भयो

सफल खबर संवाददाता

बुधबार, १८ जेठ २०७९, १० : ४४
रवीन्द्र मिश्रले भने–म खुइलिएँ, तपाईंहरुको राजनीतिक अभिष्ट पुरा भयो

काठमाडौ । हालै विवेकशील साझा पार्टीको नेतृत्वबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू खुइलिएको बताएका छन् । उनले केही मित्र भनिएकाहरुबाटै विगतमा आफूलाई खुइल्याइने गरिएको र त्यसमा आफूहरुको राजनीतिक अभिष्ट रहेको हाकाखाकी भन्ने गरेको उनको भनाइ छ । 

अहिले कटाक्ष गर्दै आफू अहिले मित्रहरुले भनेजस्तै खुइलिएको र उनीहरुको राजनीतिक अभिष्ट पुरा भएको बताएका छन् । मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए, तपाईँलाई नखुइल्याई त मेरो–हाम्रो राजनीतिक अभिष्ट नै पुरा हुँदैन नि  अब म खुइलिएँ। तपाईंहरूको राजनीतिक अभिष्ट पुरा होस् । यो देश हाम्रै जीवनकालमा रुपान्तरण होस्। तपाईँहरूलाई शुभकामना छ ।’

स्थानीय निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोगेपछि मिश्रले पदबाट राजीनामा दिएका थिए । उनी साधारण सदस्य भने कायम छन् ।
 

प्रतिक्रिया दिनुहोस