इन्धनको मूल्यवृद्धि घटाउने सरकारको घोषणा

सफल खबर संवाददाता

आइतबार, १५ जेठ २०७९, १९ : ३४
इन्धनको मूल्यवृद्धि घटाउने सरकारको घोषणा

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने सदनमा जानकारी गराएका हुन् । अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलाई समायोजन गर्ने बताएका हुन् ।

सरकारले दुईपटक गरी उच्चदरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । इन्धनमा गरिएको मूल्यवृद्धिको अहिले चौतर्फी विरोध भइरहेको छ । इन्धनमा लगाइएको कर १० प्रतिशत घटाउने सैद्धान्तिक निर्णय मन्त्रिपरिषद् बैठकले गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस