काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह विजयी भएका छन् ।
काडमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहीबार राति आयोजित प्रेस ब्रिफिङमा साह विजयी भएको घोषणा गरेका हुन् । मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो बनेका छन्।
उनका अनुसार साहले ६१ हजार ७६७ मत ल्याएर विजय हासिल गरेका हुन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले ३८ हजार ३४१ मत प्राप्त गरिन् ।
एमालेका स्थापित भने ३८ हजार ११७ ल्याए । तर, उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भइन् । उनले ६८ हजार ६१२ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरे ।
खतिवडाका अनुसार काठमाडौं महानगरपालिकामा कुल मतदाता ३ लाख २४२ मतदाता रहेकामा वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा १ लाख ९० हजार ९६२ मत खसेको थियो । मतगणनाका क्रममा बदर ७ हजार ६८२ मत बदर भएको पनि खतिवडाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १२ जेठ २०७९, २३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह