एजेन्सी । उत्तर कोरियाली सरकारले तीन ओटा ब्यालेस्टिक क्षेप्यास्त्र हानेको दाबी दक्षिण कोरियाले गरेको छ । दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले सो कुरा बताएको हो ।
दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले दिएको जानकारीअनुसार प्योङयाङको सुनान क्षेत्रमा यी क्षेप्यास्त्र हानेको पाइएको बताएको छ ।
बुधबार बिहान ६ः३७ देखि ६ः४२ सम्म ती क्षेप्यास्त्र हानेको पाइएको समाचारमा जनाइएको हो ।बुधबार बिहान प्रहार गरेका यी तीन ब्यालेस्टिक क्षेप्यास्त्रसहित उत्तर कोरियाली सरकारले १७ औँ पटकसम्म क्षेप्यास्त्र हानेको पनि दक्षिण कोरियाली सरकारले जनाएको छ ।
दक्षिण कोरियाली समाचार समिति योनहापले उत्तर कोरियाबाट यी क्षेप्यास्त्रहरु प्रहार हुनसक्ने अनुमान भइरहेका बेला ती क्षेप्यास्त्र परीक्षण भएको पाइएको बताइएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनको दक्षिण कोरिया र जापानमा भएको भ्रमणको एक दिनपछि उत्तर कोरियाले यो क्षेप्यास्त्र हानेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ११ जेठ २०७९, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाको चेतावनीः अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यासले ‘महँगो मूल्य’ चुकाउनु पर्छ
उत्तर कोरियाले योनप्योङ टापुतर्फ २०० राउण्ड फायर गरेपछि...
उत्तर कोरियाले सन् २०२४ मा थप तीनवटा जासुसी उपग्रह प्रक्षेपण गर्ने
उत्तर कोरिया अब विश्वलाई प्रहार गर्नसक्ने सैन्य क्षमताले सुसज्जित छ : किम
उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्यो निन्दा
नेपालस्थित दूतावास बन्द गर्ने उत्तर कोरियाको निर्णय