मुल्यवृद्धिको विरोध गर्दै खालि सिलिन्डर सहित प्रदर्शन

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, १५ : १७
मुल्यवृद्धिको विरोध गर्दै खालि सिलिन्डर सहित प्रदर्शन

विराटनगर । इन्धनको मुल्यवृद्धिको विरोधमा उपभोक्ताले मुख्यमन्त्री कार्यालयको गेटमा प्रदर्शन गरेका छन । खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा उपभोक्ताले प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिण्डर राखेर प्रदर्शन गरेका हुन् ।

यहि जेठ ८ गते देखि निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको थियो ।  खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ। बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपि ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । 
संघीय सरकारले मनलाग्दी मुल्य बृद्धि गरेर उपभोक्तालाई मारमा  पार्दा समेत प्रदेश सरकार चुपचाप बसेकाले विरोध गरेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए । उनले बढाइएको मुल्य तत्काल फिर्तो

प्रतिक्रिया दिनुहोस