यु-१७ एसियन कपः नेपालको समूहमा थाइल्यान्ड र भियतनाम

रासस

मंगलबार, १० जेठ २०७९, १३ : ३८
यु-१७ एसियन कपः नेपालको समूहमा थाइल्यान्ड र भियतनाम

काठमाडौं  । एएफसी यु-१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेका छ । 

एसियाली फुटबल महासंघ (एएफसी)ले मंगलबार सार्वजनिक गरेको समूहमा नेपाल सहित आयोजक भियतनाम, थाइल्याण्ड र चाइनिज ताईपे रहेका छन् । 

समूहको पहिलो खेलमा नेपालले १९ असोजमा थाईलान्डको सामना गर्नेछ । दोस्रो खेल भियतनामविरुद्ध २१ असोजमा हुनेछ । 

यस्तै तेस्रो तथा अन्तिम खेल २३  असोजमा चाइनिज ताईपेविरुद्ध हुनेछ । समूहको शीर्षस्थानमा रहने टोली सिधै छनोट हुनेछ भने दोस्रोमा रहनेले मौका पाउनेछ । 

प्रतिक्रिया दिनुहोस