शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, १० : ३८
शिक्षकले दुर्व्यवहार  गरेको भन्दै विद्यार्थी आन्दोलित

काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले  दुर्व्यवहार  गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।विद्यालयका एकजना शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएपछि अहिले प्रहरी त्यहाँ पुगेको छ ।

आन्दोलित विद्यार्थीले कलेज र शिक्षणविरुद्ध नारावाजी पनि गरेका छन् । ती शिक्षकले ‘आफूले भनेअनुसार गरे सहयोग गरिदिने भनेर गलत मनसायले भनेको’ विद्यार्थीहरुको आरोप छ ।‘के भएको भन्नेबारे बुझ्नलाई अहिले अभिभावकसहित शिक्षकहरुबीच छलफल गराउँदैछौं’ एसएसपी गिरीले भने ।

प्रतिक्रिया दिनुहोस