डाउन सिन्ड्रोम र अटिजम भएका बालबालिकाका लागि राउण्ड टेबलले स्कुल बनाउने

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, १० : ३२
डाउन सिन्ड्रोम र अटिजम भएका बालबालिकाका लागि राउण्ड टेबलले स्कुल बनाउने

काठमाडौं । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि छुट्टै विद्यालय निर्माण गर्ने उद्देश्यले साथ राउण्ड टेबल नेपालले विशेष कार्यक्रम गर्ने भएको छ। 

‘स्कुल फर स्पेसल’ नाम दिइएको यो परियोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गर्न लागिएको हो। डाउन सिन्ड्रोम तथा अटिजम प्रति जनचेतना अभिबृद्धि गर्दै यस्ता फरक क्षमता भएका बालबालिकाहको शिक्षा तथा वैयक्तिक विकासमा सहयोगी बन्ने लक्ष्यका साथ राउण्ड टेबलले युवालक्षित कार्यक्रम आयोजना गर्ने भएको हो।

स्कुल निर्माणबारे जानकारी दिन संस्थाले आगामी असार ४ गते काठमाडौँको मल्ल होटलमा विशेष 'कार्निभल' आयोजना गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस