चितवन । मतगणना स्थलभित्र एमाले कार्यकर्ता प्रवेश गरेपछि रोकिएको भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ।
एमालेका गणना प्रतिनिधि प्रताप नाम गरेका व्यक्तिलाई प्रहरीले कर्मचारी भन्दै मतनिरहेको जालीभित्र पठाएपछि विवाद भएको थियो। केहीबेरको विवादपछि उनलाई प्रहरीले रिहा गर्यो र गणना सुरु भएको हो।
एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले निययतवस नभइ आफ्ना प्रतिनिधि झुक्किएर जालीभित्र गएको दाबी गर्दै यसलाई ठूलो विषय नबनाउन आग्रह गरेका छन्।
भरतपुरको गणना लगभग अन्तिम चरणमा पुगेको छ। अहिले वडा नं २६ र २७ को गणना जारी छ भने २८ र २९ को बाँकी छ। चारवटा वडाको गणना बाँकी रहँदा रेनु दाहालको जित निश्चित जस्तै भएको छ। उनको मतान्तर १० हजार भन्दा बढी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ जेठ २०७९, १८ : ०२
लेखकबाट थप