कर्मचारी भनेर एमाले प्रतिनिधिलाई मतपत्र भएको ठाउँमा छिराएपछि भरतपुर गणनामा लफडा

सफल खबर संवाददाता

सोमबार, ०९ जेठ २०७९, १७ : ०५
कर्मचारी भनेर एमाले प्रतिनिधिलाई मतपत्र भएको ठाउँमा छिराएपछि भरतपुर गणनामा लफडा

 

चितवन। मतगणना स्थलभित्र एमाले कार्यकर्ता प्रवेश गरेपछि भरतपुरको मतगणना स्थलमा लफडा भएको छ।

एमालेका गणना प्रतिनिधि प्रताप नाम गरेका व्यक्तिलाई प्रहरीले कर्मचारी भन्दै मतनिरहेको जालीभित्र पठाएपछि विवाद भएको हो। ती प्रतिनिधिले कर्मचारी रुपमा मतपत्र पट्याउन थालेपछि अरु दलका प्रतिनिधिले विरोज जनाएका थिए।

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एमालेले उनको रिहाइपछि मात्रै गणना हुनुपर्ने अडान राखेर गणना कार्यलाई अघि बढाउन दिएको छैन। एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले निययतवस नभइ आफ्ना प्रतिनिधि झुक्किएर जालीभित्र गएको दाबी गर्दै यसलाई ठूलो विषय नबनाउन आग्रह गरेका छन्।

पाँच वर्षअघि रेनु दाहाल पराजित हुने पक्कापक्की भएपछि माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए।मतपत्र च्यातिएपछि पुनःमतदान गराएर एमाले उम्मेदवार रेवी ज्ञवालीलाई पराजित गरिएको थियो। यसपटक एमालेका प्रमुखका उम्मेदवार विजय सुवेदीलाई उनै दाहालले १० हजार मतान्तरले पछि पारेकी छिन्।

प्रतिक्रिया दिनुहोस