बागमती गाउँपालिकाको निर्णयः सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र भत्ता

सफल खबर संवाददाता

सोमबार, ०९ जेठ २०७९, १७ : ०२
बागमती गाउँपालिकाको निर्णयः सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र भत्ता

काठमाडौं ।ललितपुरको बागमती गाउँपालिकाले सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवासँगै भत्ताको व्यवस्था गर्ने भएको छ।गाउँपालिकाका नवनियुक्त अध्यक्ष वीरबहादुर लोप्चनले पदभार ग्रहणपछि सुत्केरी स्याहारको विशेष प्याकेजसहित यस्तो निर्णय गरेका हुन्।

उनले सुत्केरीलाई दुई हजार भत्ता दिन लागेको बताए। उनले यो निर्णयसँगै इसीडी शिक्षकहरूलाई अपुग भएमा गाउँपालिकाले रकम थप गर्ने पनि बताए। साथै, पर्यटकीय क्षेत्र प्रवर्द्धन गर्ने समेत निर्णय भएको छ।

सपथग्रहणसँगै बागमती गाउँपालिकाको अध्यक्ष लोप्चनले उपाध्यक्ष, वडा अध्यक्षहरू र वडा सदस्यलाई पनि सपथ खुबाएका थिए।

प्रतिक्रिया दिनुहोस