कैलालीमा गुडिरहेको बस नालीमा खस्यो, ४ जना घाइते

सफल खबर संवाददाता

सोमबार, ०९ जेठ २०७९, १६ : ५७
कैलालीमा गुडिरहेको बस नालीमा खस्यो, ४ जना घाइते

 कैलाली। कैलालीमा गुडिरहेको बस नालीमा खसेपछि दुर्घटना भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका-१० मा ना ५ ख ८६९१ नम्बरको गुडिरहेको बस नालीमा खसेको हो। 

प्रहरीका अनुसार उक्त बस धनगढीबाट टीकापुर गइरहेको थियो। गुडिरहेकै बेला स्टेरिङ फेल भएपछि अचानक बस नालीमा पसेको थियो। बस नालीमा फसेपछि बसमा सवार ४ जना घाइते भएका छन्।उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई घोडाघोडी अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस