काठमाडौं-बनारस हवाई उडान पुनः सुरु

सफल खबर संवाददाता

सोमबार, ०९ जेठ २०७९, १४ : ४५
काठमाडौं-बनारस हवाई उडान पुनः सुरु

काठमाडौं । काठमाडौंबाट बनारसका लागि सिधा हवाई उडान पुनः सुरु भएको छ । यस रुटमा बुद्ध एयरले उडान गरिरहेको छ ।कोभिड-१९ महामारीपछि सोमबार काठमाडौंबाट बनारसमा पहिलो उडान भएको हो । बुद्ध एयरका अनुसार अब सातामा दुई दिन (सोमबार–शुक्रबार) यो रुटमा उडान हुने भएको छ ।

यस रुटबाट नेपाल र भारतका दुई चर्चित धार्मिक गन्तब्य पशुपतिनाथ र विश्वनाथ मन्दिर जोडिन्छन् ।साथै गौतमबुद्धसँग जोडिएका अन्य गन्तव्य सारनाथसहितका समेत वनारस आसपास मै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस